लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अल्लु अर्जुनको बिदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतवार प्रहरी चौकी जानु नपर्ने

हैदरावाद, २८ पुस । नामपल्ली अदालतले ‘पुष्पा २’ भागदौड मामिलामा अल्लु अर्जुनलाई धेरै छुट दिएको छ ।

 

तेलुगु सुपरस्टारका फ्यानको मृत्युलाई लिएर समस्याको अन्त्य हुने कुनै संकेत नदेखिने जनाइरहेको बेला अल्लु अर्जुनलाइ धेरै राहात हुने गरी अदालतले छुट दिएको छ ।

 

उनलाई गत महिना पनि पक्राउ गरिएको थियो तर पछि उनले जमानत पाएका थिए । अहिले अदालतले अभिनेतालाई धेरै छुट दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शनिबार ‘पुष्पा २’का कलाकारले हरेक आइतवार चिक्कडपल्ली प्रहरी चौकीमा जानु नपर्ने खबर आएको छ । जसअनुसार अब अदालतले अभिनेतालाई हरेक आइतवार प्रहरी चौकीमा हाजिर हुनु पर्ने भन्ने यसअघिको आदेश अहिले खारेज भएको छ । अल्लु अर्जुनको कानुनी टोलीले सुरक्षाको कारण देखाएर यो छुट दिएको हो । साथै, अब अल्लु अर्जुनलाई विदेश भ्रमणको पूर्ण स्वतन्त्रता मिलेको छ ।

 

उल्लेखनीय छ, ‘पुष्पा २’ को प्रिमियरको क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनविरुद्ध कानुनी कारबाही चलिरहेको छ । प्रिमियर शोमा अल्लु अर्जुन कारबाट बाहिर निस्कनेबित्तिकै भीड नियन्त्रणबाहिर गयो । जुन घटनामा एक महिलाको मृत्यु भएको छ भने छोरा गम्भीर रूपमा घाइते हुन पुगेका थिए । ती बालकको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ ।

 

अल्लु अर्जुनका वकिलले सुरक्षाको कारण देखाउँदै अभिनेताका लागि अदालतमा छुट मागेका थिए, अब अदालतले यो अपिलको सुनुवाइ गरेको उनीहरूले जनाएका छन । जसकाकारण अब अल्लु अर्जुन हरेक आइतबार प्रहरी चौकीमा हाजिर हुनुपर्ने छैन । यति मात्र होइन, उनको विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ ।

 

यो राहत अर्जुनको लागि ठूलो टर्निङ प्वाइन्ट हो, किनकि उसले प्रहरीसमक्ष आफ्नो उपस्थिति दर्ता गरिसकेको थियो। गत १३ डिसेम्बरमा अल्लु अर्जुनलाई उनको जुबली हिल्सको घरबाट प्रहरीले पक्राउ गरिएको थियो । नामपल्ली अदालतले पनि उनलाई १४ दिन हिरासतमा लिएपछि उच्च अदालतले ४ साताको अन्तरिम जमानत दिएको थियो । १४ डिसेम्बरमा चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएपछि अभिनेताले ३ जनवरीमा नामपल्ली अदालतबाट दुई पटक ५०–५० हजार रुपैयाँ धरौटीमा नियमित जमानत पाएका थिए ।


प्रकाशित : २०८१ पुष २८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप