लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आईपीएलः मुम्बई शीर्ष स्थानमा, राजस्थान प्लेअफबाट बाहिर

काठमाडौं, १९ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणका ५० खेल सकिएका छन् ।

बिहीबार मुम्बईले लगातार छैटौं जित दर्ता गरेको छ । टोलीले राजस्थान रोयल्सलाई १०० रनले पराजित गरेको थियो । योसँगै आरआर प्लेअफको दौडबाट बाहिरिने दोस्रो टोली बनेको छ । उता मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जयपुरको सवाई मानसिंह स्टेडियममा सिजनको ११ औं खेल खेल्दै मुम्बईले २ विकेट गुमाएर २१७ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्स १६.१ ओभरमा ११७ रनमा अलआउट भयो।

राजस्थानले ११ खेलमा आठौं हार बेहोरेको छ । ३ जितबाट ६ अंक जोडेको टोली आठौं स्थानमा छ र प्लेअफको दौडबाट बाहिर छ । अब राजस्थानले बाँकी तीन खेल जितेर पनि १२ अंक मात्र पुर्‍याउने छ, जुन छनोटका लागि पर्याप्त छैन।

यो जितसँगै मुम्बईले प्लेअफमा पुग्ने बाटो बलियो बनाएको छ । टोलीले ११ खेलमा सातौं जित हात पारेको छ । टोली ४ हारसहित १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अब टोलीले आफ्नो बलमा क्वालिफाई गर्न बाँकी ३ मध्ये २ खेल मात्र जित्नुपर्ने छ ।


प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप