हाम्रो बारेमा

 

हामी के हौं ?

खोजखबर डटकम पुस्ता मिडिया प्रालीद्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण समाचार पोर्टल हो । यो विश्वभर रहेका सबै नेपालीको हो र नेपाली भाषाको सबैभन्दा राम्रो समाचार पोर्टलसमेत हो ।
नेपाली जनताको दशकौंदेखिको संघर्ष र त्याग तथा नेपाल आमाका हजारौं सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तनको रक्षा र नेपाली नागरिकको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबध्द छौं ।
राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी समर्पित छौं ।
राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित खोजखबर डटकममा   ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुन्छन् । त्यसैगरी, विश्वभर छरिएर रहेको नेपाली ‘डायोस्परा’का हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि पोस्ट हुन्छन् ।
डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ । संघीय स्वरुपको   समाचार पोर्टल पनि हो खोजखबर डटकम, जसमा सातै प्रदेशको समाचार प्राथमिकताका साथ प्रकाशित हुन्छ ।

हामी के गर्छौं ?

खोजखबर डटकम सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्धसमेत बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न चाहन्छ ।
जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरु नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् । तर खोजखबर डटकमले त्यसोमात्र गर्दैन ।  हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिच्किचाहट खोजखबर गर्दछौ  ।
प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौं हामी । जो कसैले गरेको भएपनि राम्रो कामलाई राम्रो भन्छौं अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौं । पेशाप्रतिको निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ ।
हामी हेक्का राख्छौं, नागरिकको पनि कर्तव्य हुन्छ र राष्ट्रप्रमुखको पनि अधिकार हुन्छ । हाम्रो मुख्य दायित्व भने आवाजहीन आमनागरिकको हक-अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आआफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो । नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आआफ्नो कर्तव्य र जिम्मेवारीमा- मुलुकको सुरक्षा गर्न, समाजमा अमनचयन राख्न, नागरिकलाई सेवा प्रदान गर्न, विकास निर्माण तीब्र पार्न- इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्ने हाम्रो अभिप्राय हुनेछ ।
निजी क्षेत्रका गतिविधिमाथि पनि हामी निरन्तर निगरानी गर्छौं । भुइंफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हाम्रो अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो ।
पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं । के भयो मात्र हैन, तिनको पृष्ठभूमि र तिनबारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आँकलन पनि गर्छौं हामी ।
त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिन सकेका छौं ।
खोजखबर डटकम २०१८    देखि सुरु भएको हो । विश्वभर रहेका लाखौं लाख पाठक खोजखबर डटकमका मेरुदण्ड हुन् ।

हामी के चाहन्छौं ?

तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.khojakhabar.com लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । नेपालकै पहिलो अनलाइन न्युज टेलिभिजन ‘खोजखबर अनलाइन टीभी’मार्फत् पनि हाम्रा समाचार वा अन्य प्रस्तुति हेर्न सक्नुहुन्छ ।
तपाईं पनि सूचना, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर खोजखबर परिवारमा सामेल हुन सक्नुहुनेछ । तर, खोजखबर डटकममा पठाउन चाहेको कुनै पनि सामग्री जुटाउनका लागि कानून उल्लंघन भने नगर्नु होला ।
राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावना बिथोलिने, गैह्रकानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री खोजखबर डटकममा नपठाउनु होला ।
तपाईंले खोजखबर डटकममा गर्ने कमेन्ट वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित, सृजनात्मक र शिष्ट हुनुपर्छ । नक्कली परिचय दिएर वा अश्लील वा अपमानजनक युजर नेमहरूको प्रयोग नगर्नु होला । एउटा सामग्री धेरै पल्ट वा उस्तै सामग्री बारम्बार वा कुनै छलफलमा विषय बाहिरका सामग्री पनि नपठाउनु होला ।
यो वेबसाइटमा भएका सामग्रीका सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्तिमाथिको अधिकार खोजखबर डटकम र यसबाट अनुमति प्राप्त निकाय वा संस्थाहरूमा निहित रहेकाले यसका सामग्री कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्नुअघि अनुमति लिनु होला ।
गैरव्यापारिक निजी प्रयोजनमा बाहेक खोजखबर डटकमको सामग्री नक्कल गर्न, तोडमोड गरेर वा हुबहु फेरि प्रकाशित गर्न अथवा डाउनलोड गर्न, पोष्ट गर्न, प्रसारण गर्न वा अन्य कुनैपनि गैह्रकानुनी कार्य गर्न पाईदैन । खोजखबर डटकमको पूर्व स्वीकृति बिना ती कार्य गरिएमा नेपालको र अन्तर्राष्ट्रिय कपिराइट कानुन वा अन्य कानुनबमोजिम कारबाहीको भागिदार हुनुपर्नेछ ।
तपाईं खोजखबर डटकमका नियम र शर्तहरू पालना गर्न तयार हुनुहुन्न भने यो वेबसाइट एक्सेस गर्ने, प्रयोग गर्ने वा यसमा आफ्ना कुराहरू पठाउने कष्ट नगर्नुहोला ।
हाम्रो विश्वास के छ भने तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग सदा जोडिइरहनु हुनेछ ।

सबैको र सबैभन्दा राम्रो नेपाली समाचार पोर्टल खोजखबर डटकममा तपाईंलाई हार्दिक स्वागत छ ।