लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा

सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचन १९ सिटमा भागबण्डा टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो । नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालकाअनुसार रिक्त हुन लागेको १९ सिटमध्ये  काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ ।

जसमा काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका चार–चार सिट खाली हुँदैछ । उक्त सिट सोही पाटीलाई छोडेर एमालेका ८ सिटमा मात्र गठबन्धनभित्र भागबण्डा गरिएको छ ।  आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।
काँग्रेसले बागमती र लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट एक–एक जना राष्ट्रियसभा सांसद गुमाउँदैछ । यस्तै एमालेले  प्रदेश एकबाट ३, लुम्बिनीबाट २, सुदूरपश्चिम, प्रदेश २, कर्णालीबाट एक–एकजना सांसद गुमाउँदैछ ।  माओवादी केन्द्रले गण्डकीबाट २, प्रदेश २  र कर्णालीबाट एक–एक जना सांसद गुमाउँदैछ । एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक–एक जना सांसद गुमाउँदैछ ।

प्रदेश १ बाट एमाले सांसद नैनकला ओझा, परशुराममेघी गुरुङ र अगमप्रसाद वान्तवा राई विदा हुनेछन् । लुम्बिनीबाट एमालेका रामलखन चमार, कोमल वली र काँग्रेसका दृगनारायण पाण्डेको कार्यकाल सकिँदैछ । सुदूरपश्चिमबाट काँग्रेसकी तारादेवी भट्ट, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका चक्रप्रसाद स्नेहीको पदवाधि सकिँदैछ ।

बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । गण्डकीबाट माओवादीका दीनानाथ शर्मा, खिमबहादुर विक र एकीकृत समाजवादी शान्ति अधिकारी जिसी विदा हुँदैछन् ।

प्रदेश २ माओवादीका शशिकला दाहाल र एमालेका सुमनराज प्याकुरेलको समय अवधि सकिँदैछ । कर्णाली प्रदेशबाट एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरी एमालेकी कविता बोगटी र माओवादीका जीवन बुढा विदा हुँदैछन् ।


प्रकाशित : २०७८ पुष १९, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप