लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोलीको घोषणा

कामठाडौं, २६ कात्तिक

स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसैगरि युवा खेलाडी जुलियन अल्भारेजले कतार भ्रमण गर्नेछन् ।

दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले यसपटक समेत उपाधि दावेदारी प्रस्तुत गरेका छ ।

समूह सी मा अर्जेन्टिना सहित साउदी अरब, मेक्सिको र पोल्यान्ड छन् । अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्नेछ ।

अर्जेन्टिना टोलीः

गोलरक्षकः एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी

रक्षकः नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ

मिडफिल्डरः रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस

स्ट्राइकरः लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया, पाउलो डिबाला


प्रकाशित : २०७९ कार्तिक २६, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •