लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

माई नगरपालिकामा कोरोनाको दोश्रो संक्रमित भेटिएका छन् । साउदी अरबबाट असार २९ गते नेपाल आएका माई नगरपालिका–४ कट्टेलटारका २६ बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । गरुवा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका उनको साउन २ गते स्वाब निकालेर परिक्षणको लागि पठाइएको थियो । उनी संगै आएर एउटै ब्लकमा बसेका २ जनालाई पुन पिसिआर गर्ने गरि राखिएको छ ।

पोजेटिभ रिर्पोट आएका युवालाई गोठगाँउ कोरोना आईसोलेशन लगिएको स्वास्थ्य शाखा प्रमुख पुस्कर कट्टेलले जानकारी दिए । नेगेटिभ रिर्पोट आएका क्वारेन्टाइनका १६ जनालाई घर फर्काइएको छ । टेस्टका लागि पठाइएको २० जनामा एक जना स्वास्थ्यकर्मी समेत रहेका छन् । यसअघि माईमा असार १४ गते पहिलो संक्रमित फेला परेका थिए । हाल उनी उपचारपछि डिस्चार्ज भएर फर्किएका छन् ।


प्रकाशित : २०७७ श्रावण ७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •