लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

लिम्बुवान राज्य भएको भए केबुलकार बन्दैनथ्योः राजेन्द्र महतो

काठमाडौं, २१ माघ । आज माइतीघरमा आयोजित मुकुमलुङ संरक्षण संघर्ष समितिको बिरोध प्रदर्सन कार्यक्रम सम्पन्न भएको छ ।

 

पाथिभरामा केबुलकार निर्माण गर्न लागेको भन्दै बिरोधमा उत्रिएको समुहलाइ सम्बोधन गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुहरूलाइ अधिकार दिनु पर्नेमा जोड गरेको हो ।

 

‘यो देश लिम्बुको हो कि होइन ? हो भने सार्बभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वात्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन। आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुदैन, मानव अधिकार पनि हुदैन्,’ उनले भने, ‘अहिले केवलकार निर्माण जारी राखेको छ, आन्दोलनकारी पक्राउ गरिरहेको छ तर सरकार वार्ताको नौटंकी गर्दैछ। यसरी तर्साएर डराएर धम्काएर वार्ता हुदैन।’

दमन गर्ने, गोलि हान्ने जस्तो कार्य राज्य सधै गर्दै आएको जनाउँदै छुट्टाछुट्टै लडदा दमन गर्ने भएकाले मिलेर लडनु पर्ने उनको जोड रहेको छ ।
केवल लिम्बु समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव छैन, सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक परेको उनको जोड थियो ।

‘उपरोक्त सवाल केवलकार वा रोजिरोटीसँग सम्बन्धित सवाल मात्रै होइन, यो बैचारिक दार्शनिक सवाल पनि हो । सम्पुर्ण बिजय प्राप्तको निम्ति स्वदेशी सत्ता चाहिन्छ,’ उनले भने, ‘त्यसैले  मधेसी आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको छ।’

 

मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पारेको उनको भनाइ छ । ‘अब वहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी छ, नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ,’ उनले भने, ‘अब लिम्बू एक्लै छैन, उसँग मधेस पनि उभिएको छ। एक्लै लडदा गरिएको दमन झैँ सधै दमन गर्छु नसोछे हुन्छ अब इटको जवाफ पत्थरले दिइने छ।’


प्रकाशित : २०८१ माघ २१, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप