लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जन्मदिनको अवसरमा वृक्षारोपण गर्दै : पत्रकार गोबिन्द चौलागाईद्वारा उदाहरणीय कार्य

राजेश कुमाल

रौतहट जिल्लामा जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ अभ्यासको थालनी गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोबिन्द प्रसाद चौलागाईले आफ्नो जन्मदिनको अवसरलाई भिन्न ढंगले मनाउँदै चन्द्रपुर नगरपालिका–५ मरधरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेर समाजमा सतकर्मको सन्देश फैलाएका छन् ।
बुधबार परेको आफ्नै जन्मदिनको अवसरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने अभियान अन्तरगत सामाजिक रुपान्तरणमा योगदान पु¥याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता चौलागाई स्वयंले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्य रहनु भएको थियो । बिशिष्ट अतिथिको रुपमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल, प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खडका, र सिटिभिटिका मधेश प्रदेश प्रमुख नागेन्द्र साह उपस्थित थिए ।

कार्यक्रमका प्रमुख अतिथि उमाकान्त आचार्यले चौलागाईलाई जन्मदिनको बधाई दिंदै यस्तो अवसरमा वृक्षारोपणजस्तो उदाहरणीय कार्य गर्नु भएकोमा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समाजमा विदेशी परम्पराहरू भित्रिने क्रममा, चौलागाईजस्ता व्यक्तिले आफ्ना परम्परागत मूल्य र वातावरण प्रेमलाई संरक्षण गर्ने कार्य गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ । तर बृक्षारोपण मात्रै गरेर पुग्दैन, यसको संरक्षण र पालनपोषण गर्नु पनि सबैको सामूहिक जिम्मेवारी हो ।”
नगर प्रमुख जैसवालले पनि चौलागाईको जन्मदिनको अवसरमा गरिएको वृक्षारोपण कार्यक्रममा सहर्ष बधाई दिँदै भने, “जन्मदिनमा यस्ता सामाजिक कार्य गर्दा अझै सुनमा सुगन्ध थपिएको महसुस हुन्छ । साथै मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको अवस्था रहेको छ । जसको प्रमुख कारण चुरेबिनास तथा बनजंगल फडानी रहेको प्रत्यक्ष देखा पर्न थालेको छ । कुनै बेला पहाड भन्दा मधेशमा धेरै पानी परिरहेको सम्झना हुन्थ्यो तर अहिले मधेशमा पानी पिउनको लागी टंयाङकरमा लाईन बस्नु परीरहेको छ।यस सबैको मुख्य कारण बनजङ्गल मासिनु चुरे दोहन रहेको छ । तर हामिले बृक्षारोपन गरियौं भने शुद्ध बातावरण पाउँछौ र प्राकृतिले हामिलाई पानी प्रदान गर्नु हुनेछ । साथै नगर प्रमुख जैसवालले भने नगरपालिकाको तर्फबाट यस्ता सकारात्मक प्रयासमा आवश्यक सहयोग गर्न हामी प्रतिबद्ध छौं ।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले अहिले पालिकामा भइरहेका असोभनिय कार्यप्रति चिन्ता व्यक्त गर्दै भने, “निर्वाचित जनप्रतिनिधिहरूले सडक ढलान, गिटी बालुवा बिछ्याउने कार्य मात्र गरेर सिमित लाभ दिने प्रवृत्तिमा लागेका हुन जुन त्यस्तो गर्नु हुँदैन । सबै नागरिकलाई लक्षित गर्दै दीर्घकालीन र सामूहिक हित हुने योजनामा ध्यान केन्द्रित गर्नुपर्छ ।”साथै सिटिभिटिका मधेश प्रदेश प्रमुख नागेन्द्र साहले उक्त पार्कभित्र तीन कोठे सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाए। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहले भने पार्कमा आवश्यक पर्ने बिरुवाहरु वनबाट निशुल्क उपलब्ध गराउने घोषणा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सबै वक्ताहरूले पत्रकार चौलागाईको यस प्रकारको कार्यप्रति प्रशंसा गर्दै समाज रुपान्तरणका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे ।

अन्त्यमा, कार्यक्रमको अध्यक्षता गरिरहेका चौलागाईले उपस्थित सबै पाहुनाहरूलाई धन्यवाद दिँदै भने, “यस जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यो वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । उहाँले भने दिन प्रतिदिन रुख कटान तथा बन बिनास भइरहेको अबस्थामा सचिब चौलागाईले जन्मदिनको अवसरमा पारेर बृक्षारोपण अभियान चलाएको बताएका छन । हरेक नागरिकले आफनो जन्मदिनको अबसरमा बृक्षारोपण गर्न उनले आग्रह पनि गरेका छन । बिरुवा रोप्ने र हेरचाह गरी हुर्काउन समेत उनको भनाई छ ।

जन्मदिनको अवसरमा वृक्षारोपण जस्ता अभियान सकरात्मक सोचका साथ देशब्यापी लैजाने पत्रकार चौलागाइले बताएका छन । जन्मदिनको अबसरमा अनावश्यक खर्च गर्नेहरुको संख्या बढिरहेको अबस्थामा यस्ता अभियानले समाजलाइ सकरात्मक दिशा तर्फ लैजान सहयोग पुग्ने उनले विचार राखेका हुन । साथै यस कार्यक्रममा मलाई साथ दिने सबै हातहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु । हामी सबैले मिलेर यस्तो सकारात्मक अभियानलाई निरन्तरता दिन जरुरी छ ।”

यस कार्यक्रमले जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने अभ्यासको थालनी मात्रै होइन, भावी पुस्ताका लागि हरियाली नेपाल निर्माण तर्फ एक महत्त्वपूर्ण कदम पनि सावित भएको छ । साथै सोहि कार्यक्रम मार्फत पार्कमा योगदान पुराउने ब्यतित्वहरुलाई सम्मान पत्रले सम्मान गरिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक सन्तोष बस्नेत , कुमार बुढाथोकी, राजश्व अनुसन्धात कार्यालय प्रथलैयाका प्रमुख हरि शर्मा, चन्द्रपुर न.पा वडा नं. ९ वडा अध्यन नवराज देवकोटा, वार्ड नंं.६ का वडाअध्यक्ष सहदेव के.सि. पुर्वाधार विकास कार्यालय रौतहटका प्रमुख दिपक कुमार मिश्रा ,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य शिव पुरी , सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर नि. प्रमुख शिवचन्द्र साह , नेपाल विद्युत प्राधिग्रकरण चन्द्रनिगाहपुर प्रमुख धिरेन्द्र यादब, चन्द्रपुर नपाका शाखा अधिकृत हितीराज सुवेदि, पर्यटन विकास कार्यालय रौतहटका लेखा प्रशासक सुदिप गौतम,चन्द्रपुर सुनचॉदी व्यवसायी संघका अध्यक्ष प्रल्हाद रामदाम  लगायत स्थानियहरुको सहभागितामा जन्मदिनको अवसरमा जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान अन्तर्गत बृक्षारोपन कार्यक्रम सम्पन भएको हो।


प्रकाशित : २०८२ श्रावण १४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप