लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौँ : अगष्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ दिवस मनाउन लागिएको हो।

दिवसको मूल समारोह बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ।

दिवस मनाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन भएको थियो ।

सन् १९९८ को अगष्ट ८-१२ मा पोर्चुगलको लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको विश्वस्तरीय सम्मेलनले युवाको पक्षमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो। सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औँ साधारण सभालेअगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसमनाउने घोषणा गरेको थियो।

सन् २००० देखि हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।


प्रकाशित : २०८२ श्रावण २७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप