२७ वैशाख, धनगढी । २०२८ सालमा अछामको घुघुरकोट गाउँ पञ्चायतको दलित परिवारमा जन्मिएका नृपबहादुर वड कालान्तरमा नेपाल गणतन्त्र भएपछि धनगढी उपमहानगरपालिकाको मेयर बने । ३३ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी अहिले सो पदमा दोहोरिने चुनावी अभियानमा छन् ।
मानविकी संकायका स्नातक वडले जीवनभर भारतमा रोजगारी गरेका बुवाले जोडेको जग्गा–जमिनको आधारमा धनगढीवासी र मेयर हुने अवसर पाएका हुन् । उनी २०३६ सालमा अछामबाट धनगढी झरेका थिए ।
प्रकाशित : २०७९ बैशाख २८, बुधबार : प्रकाशित