लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भरतपुर भाषण’ले सन्दीप विवादमा, भन्छन्- म भोट माग्न गएको होइन

https://az-most-bet.com
काठमाडौं । सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका छन् । उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए ।

क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ । तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको टीभी कार्यक्रम बहिष्कार गर्नेसम्मको विरोध सुरु भएको छ ।

ट्वीटर र फेसबुकमा क्षेत्रीको भरतपुर भाषणलाई लिएर मिश्रित प्रतिक्रिया व्यक्त भइरहेको छ । कतिपयले शुभकामना दिन पाउनु कलाकारको धर्म भएको बताइरहेका छन् भने कतिपयले क्षेत्रीले राजनीतिक तटस्थता अपनाउन नसकेको उल्लेख गरेका छन् ।

तर अनलाइनखबरसँग कुरा गर्दै अभिनेता तथा टीभी प्रस्तोता क्षेत्रीले आफ्नो भरतपुर भाषणलाई ‘राजनीतिक प्रपोगान्डा’ बनाउनु उचित नभएको बताए । रेनु दाहाललाई शुभकामना दिन र सचेत तुल्याउन मात्र आफू सभामा पुगेको उनले बताए ।

‘म भोट माग्न गएको होइन । शुभकामना र सचेत तुल्याउन मात्र गएको हुँ,’ उनले भने, ‘शुभकामना दिनु र सचेत बनाउनु कलाकारको धर्म हो । केपी ओलीको सभामा पुगेर पनि शुभकामना दिन त पाइन्छ ।’

‘रेनु दाहाललाई शुभकामना दिनु अरुलाई अशुभ भन्नु होइन । यसलाई राजनीतिक प्रपोगान्डा बनाउनु जरुरी छैन,’ उनले भने । आफू ब्रान्ड एम्बेसडर रहेको एक कन्सलटेन्सीको उद्घाटनमा भरतपुर पुगेको र आयोजकको अनुरोधपछि आफू शुभकामना दिन मात्र सभामा पुगेको सन्दीपले बताए ।

टीभी कार्यक्रम बहिष्कार गर्ने कतिपयको चेतावनीतर्फ लक्षित गर्दै उनले भने, ‘मैले त्यस्तो ठूलो के अपराध नै गरेको छु र ? आज विरोध गर्नेले भोलि मनमा राख्नुहुन्छ ।’


प्रकाशित : २०७९ बैशाख २८, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप