लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

देवी बिक हत्याकाे पाँच वर्ष

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी देवी बिक (३७)को हत्या भएको पाँच वर्ष पुग्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट ४ साउन ०७४ मा घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी देवी भोलिपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको र टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाे थियाे । उनकाे हत्या भएकाे जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा पिडित परिवार त्रसित छन् भने दोषीको मनोवल बढाउन टेवा पुगिरहेको इन्सेक प्रतिनिधि तारानाथ फुयाँल बताउँछन् ।

‘घट्नामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै गर्भमै छ । लामो समय बित्दा समेत दोषी पहिचान नहुँदा देबीको हत्या थप रहस्यमय बनेको छ । “अझैसम्म पनि हत्यारा पत्ता नलाग्न नसक्नु दुःखद पक्ष हो,” स्थानीय युवा नेता जगत किरातीले भने, “आशा छ कुनै दिन दोषीहरु कानूनको कठघरामा उभिने नै छ ।”

यस्तै, २६ माघ २०७३ मा विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी रिता तामाङ (१७) र धारिलो हतियार प्रयोग गरेर हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ज्ञानीमायाँ बिश्वकर्मा (५७)को हत्यामा संलग्न दोषी समेत हालसम्म गुमनाम छन् । ६ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति उस्तैउस्तै देखिन्छ । तर, तीन वटै महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । प्रहरीको इन्भेस्टीगेसन टिमको अनुसन्धानबाट समेत दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई बताउँछिन् । “अपराध अनुसन्धानमा नेपाल प्रहरीले अन्र्तराष्ट्रिय छवी बनाएको छ,” मेयर राईले भनिन्, “तर तीन वटै महिलाको हत्यामा संलग्नको पहिचान हुन नसक्नु अत्यान्तै दुःखदायी कुरा हो ।”

होटलमा काम गर्दैआएकी रिता खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुसेऔंशी जंगलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । सिम्पानी बजारका होटल होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरिएको स्थानीयको दाबी छ । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो । हलेसीमन्दीरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमा उनको खुकुरी प्रहार गरेर हत्या भएको थियो । ज्ञानीमायाँको शव घाँटीको पछिल्लो भाग, देब्रे स्तन लगायतका ठाउँमा धारिलो हतियारको गहिरो चोट लागेको अवस्थामा भेटिएको थियो ।


प्रकाशित : २०७९ श्रावण ७, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप