लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रुपन्देहीको काेटहीमाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा

रुपन्देहीको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएकाे छ । गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएकाे हो ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँबाट खोप सुनिश्चित प्रमाणपत्र घोषणाका लागि अनुमति पाएका हुन् ।

पालिका अध्यक्ष बालकृष्ण तिवारीले पालिकामा रहेका लक्षित समूह  ४२ हजार ५६ मध्ये १२ वर्षमाथि पूर्ण खोप लगाएका ३१ हजार ७१ जनाले पूर्ण खोप पाएकाे जानकारी दिए ।

काेटहीमाईमा लक्षित समूहका केही राेजगारीकाे शिलशिलामा पालिका बाहिर रहेकाेले सर्वेक्षण र घरधुरीकाे आधारमा ९८ प्रतिशतले खाेप पूरा गरेकाे स्वास्थ्य शाखा प्रमुख राम निवाश यादवले भने । उनका अनुसार पालिकाका १० हजार ३२७ ले बुस्टर खाेप लगाएका छन् ।


प्रकाशित : २०७९ श्रावण ७, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप