लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

गण्डकी प्रदेश सरकारले दिने खानाको १५ लाख रकम अस्पतालले पाएन

लमजुङको बेसीशहर नगरपालिकामा रहेको लमजुङ जिल्ला अस्पतालमा विरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको विरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८÷७९ को १५ लाख रुपैया नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने विरामी खाना खर्च नपाउदा गत श्रावण देखि उधारो खाना खुवाउदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका विरामीका लागि नियमित रुपमा खाना खुवाउदै आएपनि चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

अस्पतालका अनुसार गत श्रावण महिना देखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका चारहजार तीनसय ५१ जना विरामीहरुका लागि अस्पतालले खाना खुवाएको छ । सो अवधीमा खानाको मात्रै १४ लाख ९० हजार सातसय ६८ रुपैया पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ ।
प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । विरामी खाना खर्च बापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटक सम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

जिल्ला अस्पतालमा भर्ना भएका विरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोहि अनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो । रकम निकासा नहुँदा खाना उपलब्ध गराउदै आएका व्यक्ती निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ । एउटै व्यक्ती करिव बर्षदिनसम्म लाखौँ रुपैया उधारो कारोवार गर्दा व्यसायिक समस्या भएको हो ।
जिल्ला अस्पताल लमजुङमा तत्कालिन सामुदायिक अस्पताल हुदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका विरामीका लागि निशुल्क खानाको व्यवस्था हुँदै आएको हो । विरामीको निशुल्क खानाको लागि शुरुको वर्षमा अस्पताल रहेको स्थानिय तह बेसीशहर नगरपालिकाले केहि रकम उपलब्ध गराएको थियो । जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो ।

अस्पताल प्रदेश सरकार मातहत आउनु अघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका विरामीहरुलाई नियमीत दुईछाक खाना खुवाउन शुरु गरेको हो । अस्पतालले विरामीको अवश्यकता र चिकित्सकको सल्लाह अनुसार विहान र बेलुका निशुल्क खाना उपलब्ध गराउदै आएको थियो ।

विरामीहरुलाई सामन्यतय दाल भात, अण्डा वा जाउलो व्यवस्था गर्दै आएको छ । अस्पताल भित्रै सञ्चालन गरिएको क्यान्टीनबाट सो सेवा उपलब्ध गराउदै आएको छ । अस्पतालले विरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तहरुलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको छ ।


प्रकाशित : २०७९ श्रावण ७, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप