लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पहिलो पटक सांसद बनेर रक्षामन्त्री बनेका मानवीर

पहिलो पटक मन्त्री बनेका मानवीर राई सोलुखुम्बुबाट निर्वाचित एमालेका प्रतिनिधिसभा सदस्य हुन् । २०७९ सालको निर्वाचनमा कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी)लगायतका दलको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता बलबहादुर केसीलाई उनै राईले पराजित गरेका थिए ।

सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ निवासी उनले एसएलसीसम्म अध्ययन गरेका छन् । विद्यार्थीकालमा भूमिगत भएर राजनीति गरेका उनले संसदीय निर्वाचनको इतिहासमा ३२ वर्षपछि एमालेको उम्मेदवारको रूपमा कांग्रेसलाई पराजित गर्न सफल भएका थिए ।

पार्टी विभाजनको बेला पनि पार्टीको संस्थापन पक्षमै रहेर काम गरिरहेका उनी ५२ वर्षको उमेरमा रक्षामन्त्री बन्न सफल भएका छन् । २०२८ सालमा जन्मेका उनी हाल एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज पनि हुन् ।

भूमिगतकालमा एमालेको विद्यार्थी संगठनमा सक्रिय भएका उनी २०४८ सालमा एमालेको सोलुखुम्बु उपसचिव बनेका थिए । २०७२ सालमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष बनेका राईलाई २०७४ सालमा एमालेले प्रतिनिधिसभाको टिकटको लागि सर्वसम्मत सिफारिस गरेको थियो ।

यद्यपि त्यसबेला बामगठन्धनबाट माओवादीको भागमा प्रतिनिधिसभाको टिकट सुरवीर राईले पाए । प्रतिनिधिसभामा माओवादीबाट उम्मेदवार बन्दा २०७४ सालमै एमालेले उनलाई प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा टिकट दिएको थियो । तर, उनले उक्त टिकट अस्वीकार गरेर उत्तम बस्नेतलाई विजयी गराए ।

पुनः एमालेले २०७९ सालमा प्रतिनिधिसभामा टिकट दिएको थियो । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा राईले ३२ वर्षको संसदीय इतिहासमा विजयी भएर एमालेको झन्डा फहराए । यस्तै उनको पनि संसदमा पहिलो पटक इन्ट्री भयो ।

लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई उनले दुई हजार ७७९ मतको फराकिलो अन्तरले पराजित गरेका थिए । राईले १९ हजार ३२४ मत प्राप्त गर्दा केसीले १६ हजार ५४५ मत मात्रै पाएका थिए । राई २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन जिल्ला विकास समितिको सदस्य समेत थिए ।


प्रकाशित : २०८१ असार ३१, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप