लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एक्समा विश्वासकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी

 

सुर्खेत  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्बाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् ।

एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन् । एक्समा नरेन्द्र मोदीका फलोअर्सको संख्या १० करोड नाघेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै एलोन मस्कले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई छ ।’

विश्वका ठूला नेताहरू जसको धेरै फलोअरहरू छन् अमेरिकी राष्ट्रपति जो बाइडेन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् ।

यद्यपि ट्रम्पलाई २०२१ देखि २०२३ सम्म यस प्लेटफर्ममा प्रतिबन्ध लगाइएको थियो । ट्रम्पका ८.७७ करोड फलोअर्स छन् । जो बाइडेनका ३.८१ करोड फलोअर्स छन् भने एर्डोगनका २.१५ करोड फलोअर्स छन् ।

भारतीय नेताहरूमा राहुल गान्धीका २.६४ करोड फलोअर्स छन् । अरविन्द केजरीवालका २.७५ करोड फलोअर्स छन् ।


प्रकाशित : २०८१ श्रावण ५, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप