लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

”बाजेबजैको कथा मेरो चित्र” कार्यक्रमले बालबालिकालाई सृजनात्मकता र संस्कृतिसँग जोड्दै

 

लेटाङ(मोरङ) ।  स्थानिय संस्कृति, साहित्य, र इतिहास संरक्षणको उद्देश्यले ‘बाजेबजैको कथा मेरो चित्र’ कार्यक्रम आज सम्पन्न भयो। यो कार्यक्रम शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र लेटाङ ४ मोरङको आयोजनामा २०८१ साल श्रावण ६ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएकाे छ । कार्यक्रममा रिड नेपाल र एसभिएको आर्थिक तथा प्राविधिक सहयोग थियो।

कार्यक्रममा सहभागी भएका बालबालिकाहरुले सृजनात्मक रुपमा कथा लेखन र चित्र बनाउने सीप हासिल गर्ने अवसर पाए। साथै, उनीहरुले आफ्ना स्थानीय लोक संस्कृति र इतिहासको जानकारी बाजेबजैबाट प्राप्त गर्ने मौका पनि पाए। बाजेबजैले आफुले सुनेका र जानेका विषयवस्तु आफ्ना नातिनातिनालाई सुनाउने अवसर पाएका थिए।

कार्यक्रमले छुट्टिदै गएको बाजेबजै संगको हाम्रो सम्बन्ध पुनः जोड्ने, स्थानिय कथा तथा इतिहासको संरक्षण गर्ने, र बालबालिकामा सृजनात्मक कलाको विकास तथा अध्ययन बानीको विकास गर्ने उद्देश्य राखेको थियो। साथै, यसले बन्द हुँदै गरेको सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई स्थानिय समुदायमा पुनः सक्रिय बनाउने प्रयास पनि गरेको छ।

कार्यक्रमका सहजीकरणकर्ता प्रा. डा. ध्रुब घिमिरे, बाल साहित्य सर्जक यशु श्रेष्ठ, र चित्रकार देवकृष्ण महर्जनले बालबालिकाहरुलाई कथा लेखन र चित्रकला सम्बन्धी विभिन्न पक्षहरुबारे जानकारी दिए। सहभागी विद्यार्थीहरुले तयार गरेका कथा र चित्रलाई पुस्तकको रुपमा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी अध्यक्ष सुदेश वस्तीले दिनुभयो।

”बाजेबजैको कथा मेरो चित्र” कार्यक्रमले स्थानिय समुदायमा साहित्य र कलाको महत्वलाई उजागर गर्नुका साथै बालबालिकामा सृजनात्मकता र अध्ययन बानीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।


प्रकाशित : २०८१ श्रावण १०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप