लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारत र अमेरिकासहित १८ देशमा राजदुत सिफारिस

 

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले भारत अमेरिका र चीनलगायत १८ देशमा राजदूत नियुक्त गरेको हो ।

नयाँ राजदुत सिफारिस गरिएका १८ देशमा अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनी रहेका छन् ।

सरकारले भारतका लागि शंकर शर्मालाई नै पुन: राजदूतमा सिफारिस गरेको छ भने अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्ण ओली, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । फिर्ता बोलाइएका राजदुतमा चीनका विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ रहेका छन् ।


प्रकाशित : २०८१ श्रावण १५, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप