लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ : उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डीपी) अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार रास्वपाले दिने दाबी गरेका छन् ।

बालुवाटारमा जारी सडक प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले सो कुरा बताएका हुन् । यसका लागि एउटा प्राधिकरण बनाउनुपर्ने उल्लेख गरे ।

‘सरकारले प्राधिकरण बनाओस् त्यसमा हामीलाई पनि राखोस्‚’ उनले भने‚ ‘सबै त भन्दिन तर‚ ९० दिनभित्र बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ ।’

उनले पाँच लाख मुनिको बचत फिर्ता गर्ने आधार आफूहरूले गएको बजेटमै दिएको पनि उल्लेख गरे ।


प्रकाशित : २०८१ कार्तिक १३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप