लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नगर प्रहरी भर्ना गर्दे वीरेन्द्रनगर नगरपालिका

सुर्खेत, कात्तिक १४ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै वीरेन्द्रनगरले २७ जना करारमा नगर प्रहरी भर्ना गर्न लागेको जनाएको हो ।

‘‘प्रस्तुत विषयमा यस कार्यालयको नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७९ बमोजिम देहायको पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयको प्रशासन शाखामा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।’’ नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

नगरपालिकाले प्रहरी निरीक्षकको कमाण्डमा नगर प्रहरी नायब निरीक्षक एक, नगर प्रहरी सहायक निरीक्षक दुई, नगर प्रहरी हवल्दार तीन, नगर प्रहरी जवान (हेभी सवारी चालक) दुई र नगर प्रहरी जवानमा १८ जनाको दरखास्त माग गरेको छ ।


प्रकाशित : २०८१ कार्तिक १४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप