लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपाल – बंगलादेशबीचको फाइनल हेर्न टिकट काट्नेको बिहानैदेखि घुइँचो

काठमाडौं : दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज बंगलादेश र नेपाल भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ पौने सात बजे सुरु हुनेछ ।  खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री वितरण गरेको छ ।

 

अनलाइनबाट टिकट बिक्री गर्दा समस्या भएको र क्षमताभन्दा बढि बिक्री भएको पाइएपछि एन्फा आफैले बुधबार बिहानैबाट टिकट बिक्री गरेको हो । फाइनल खेल हेर्नका लागि टिकट लिनका लागि दर्शकहरू रातीदेखि नै लाइनमा लागेका थिए ।

जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति आर्मी हेडक्वाटर पछाडि सयौं दर्शकहरू टिकट काट्नका लागि लाइन बसेका थिए ।

 

फाइनल खेलमा सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि वस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ । प्रहरीले लाइनमा लागेका दर्शकलाई माइकिङ गरेर दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीका बारेमा जानकारी गराएका थिए । फाइनल खेलमा पानीको बोतल समेत निषेध गरिएको छ ।


प्रकाशित : २०८१ कार्तिक १४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप