सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
शुक्रबार दैलेखबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर-१४, को रातानाङ्ग्लामा दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
उनका अनुसार घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाएको छ। घाइतेमध्ये ५/६ जनाको अवस्था चिन्ताजनक रहेको डीएसपी विश्वकर्माले बताए।
शुक्रबार दिउँसो करिब १ : ४० बजेतिर भएको दुर्घटनामा फोर्स गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।


समाचार


