लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्म कति कमायो ?

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज बिहिबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखिनै आक्रमक कमाई गरिरहेको फिल्मले स्वदेशी बक्सअफिसमा मंगलबारसम्म ३७ करोडको व्यवसाय गरेको वितरक करण श्रेष्ठले बताए ।

फिल्म अहिले पनि करिब ३०० शोसहित प्रदर्शनरत छ । फिल्मको बुधबारको कमाई आउन बाँकी छ । बुधबार फिल्मले करिब एक करोड बढी व्यवसाय गरेको अनुमान गरिएको छ ।

विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ ।

फिल्म सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो । फिल्मको विदेशमा समेत राम्रो व्यवसाय गरिरहेको छ ।


प्रकाशित : २०८१ मंसिर ६, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप