लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

चन्द्रागिरी थ्रीडी आर्ट म्युजियममा दिपकराज गिरीले गरे‌ अवलोकन

काठमाडाै‌, ३० मंसीर ।  थानकोटस्थित त्रिभुवन पार्कमा रहेको चन्द्रागिरी थ्रीडी आर्ट म्युजियममा वरिष्ठ हाँस्य अभिनेता तथा चलचित्र निर्माता दिपकराज गिरीले अवलोकन भ्रमण गरेका छन् ।

 

हाँस्य कलाकार गिरीले शनिबार म्युजियममा अवलोकन गरेका हुन् ।  म्युजियममा बनाइएका अन्तरक्रियात्मक थ्रीडी कलाको प्रशंसा गर्दै उनले यस म्युजियम कला र सिर्जनाको अनुपम उदाहरण भएको बताए।

 

यहाँका दृश्यहरूले नेपाली कला र संस्कृति आधुनिक प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने उत्कृष्ट झलक दिएकाे जनाउँदै म्युजियममा बनेका विभिन्न बस्तुका थ्रीडी  कलात्मक चित्रहरूमा फोटो भिडियो बनाउँदा एकदमै रमाइलो भएको उनले बताए।

 

उनले भने, ’म्युजियममा भ्रमणमा आउने आगन्तुकलाई चित्र भित्रको संसारमा घुमेको अनुभव दिलाउँछ। यो ठाउँ परिवार र साथीहरूका लागि रमाइलो र शिक्षामूलक गन्तव्य समेत रहेछ ।’


प्रकाशित : २०८१ पुष १, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप