लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ईरासँग सबन्ध सुधार्न थेरापी लिदै आमिर खान

मुम्बई, ३ मंशिर  । वर्तमान विश्वमा मानिसहरु मनको शान्ति पाउनका लागि अनेक किसिमका थेरापी लिने गर्दछन् ।

 

तर सन् ९० को दशकका दिग्गज कलाकार आमिर खान भने फरक कारणका लागि यतिबेला नियमित थेरापी लिइरहेका छन् । उनको यो थेरापीमा छोरी इराले पनि साथ दिइरहेकी छन् ।

 

ओटीटी प्लेटफर्म नेटफ्लिक्सको पोडकास्टमा मानसिक स्वास्थ्यका विषयमा गरिएको कुराकानीमा आमिरले छोरी आइरासँगको सम्बन्धलाई मजबुद बनाउन आफू र आइराले थेरापी लिइरहेको बताएपछि सबैले उनीहरु प्रति चासो देखाएका छन् ।

 

आमिरले फ्यानसँगै सबैलाई अनिवार्य थेरापी लिन सल्लाह पनि दिएका छन् ।

‘म छोरी इरासँग संयुक्त थेरापी लिइरहेको छु । हाम्रो सम्बन्धमा जति पनि आपसी मुद्दा छन्, त्यसलाई समाधान गर्नका लागि काम गरिरहेको छु । पहिला म केही असहज थिएँ, तर अब मलाई थेरापी मानिसलाई कति आवश्यक छ भन्ने थाहा भइसकेको छ । म मानिसहरुलाई भन्न चाहन्छु कि थेरापिस्टसँग भेट गर्नका लागि कुनै पनि संकोच नमान्नुहोला । हामी कैयौं वर्षदेखि थेरापिस्ट कहाँ गइरहेका छौं । यो निकै शक्तिशाली र दमदार साबित भइहेको छ’, उनले भनेका छन् ।

इराले पनि आमाबाबुसँगको सम्बन्धलाई सन्तुलनमा राख्नका लागि थेरापी महत्वपूर्ण साबित भएको उल्लेख गरेकी छन् ।

कामको कुरा गर्दा आमिर ‘लाल सिंह चड्डा’ रिलिजको दुई वर्षसम्म अभिनयबाट टाढा छन् । तर आउने दिनमा उनी ‘गजनी २’, ‘सितारे जमिन पर’, ‘कुली’ र ‘लाहोर १९४७’मा देखिँदैछन् ।


प्रकाशित : २०८१ पुष ५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप