लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रचण्डको नेतृत्वको हिंसा अनावश्यक थियाे, विकास पछि परयोः ओली

काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशष्त्र युद्द अनावश्यक भएको पुनः टिप्पणी गरेका छन् ।

 

संघीय संसदमा ‘जनयुद्द’ कि ‘हिंसा’ भन्ने सबालमा चर्काचर्की बहस भएको केही समय पछि नै ओलीले सो माओवादीवाट सञ्चालित सशष्त्र युद्दलाइ हिंसाको रूपमा पुनः टिप्पणी गरेका हुन् ।

एमालेको जारी केन्द्रिय समितिमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सो हिंसाका कारण मुलुकले अनावश्यक क्षति ब्योहोर्नु परेको पनि उल्लेख गरेका छन् ।
‘बहुदलीय व्यवस्था स्थापना भएर नेपालले लोकतन्त्रको अभ्यास गर्न थालेको जम्मा ३५ वर्ष भएको छ । यसै अवधिमा, बहुदलीय व्यवस्था स्थापना भएको पाँच वर्ष नबित्दै यसका विरुद्ध हतियार उठाइएको, त्यस हिंसात्मक द्वन्द्वमा मुलुकको मूल्यवान १० वर्ष खर्च भएको र त्यस क्रममा भयावह मानवीय र भौतिक क्षति पुगेको निकट अतीतकै यथार्थ हो,’ ओलीले हालै  निरङ्कुश पञ्चायतका विरुद्ध नउठेको हतियार नवोदित प्रजातन्त्रका विरुद्ध किन र कसरी उठ्यो भन्ने प्रश्न इतिहासमा अनुत्तरित नै छ, तर यसले मुलुकको विकासलाई वर्षौँ पछि धकेलेको तथ्य कसैले इन्कार गर्न सक्दैन ।’

 

उनले अगाडी लेखेका छन, ‘ त्यस सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्न हामीलाई थप १० वर्ष लाग्यो । त्यसबाट तङ्ग्रिन नपाउँदै सामना गर्नु परेको विनाशकारी भूकम्प र नाकाबन्दीले लाखौँ जनतालाई फेरि गरिबीको रेखामुनि धकेल्यो । प्रजातन्त्रकालमा हामीले भोग्नु परेका यी अवरोधलाई बिर्सेर नेपालको विकास किन सुस्त भयो भन्ने कारणलार्ई सही ढङ्गले बुझ्न सकिँदैन ।’


प्रकाशित : २०८१ पुष २२, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप