लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बंगलादेशकी नेतृ खालिद जियालाइ लन्डन जाँदै, कतारले पठायाे एअर एम्बुलेन्स

ढाका, २३ पुस । बगंलादेश नेशनल पार्टीका अध्यक्ष खालिदा जिया मंगलबार राति १० बजे लण्डन प्रस्थान गर्ने भएकी छन् ।

 

कतारका अमिर तमिम बिन हमाद अल थानीले उपलब्ध गराएको एयर एम्बुलेन्समार्फत उनी उपचारका लागि लन्डन प्रस्थान गर्न लागेकी हुन । जसका लागि  कतारले पठाएको एयर एम्बुलेन्स सोमबार साँझ ढाका आइसकेको छ ।

सोमबार गुलसनस्थित बिएनपी अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बिएनपी स्थायी समिति सदस्य तथा खालिदा जियाका निजी चिकित्सक डा. एजेडएम जाहिद हुसेनले सो जानकारी दिएका हुन् ।

 

डा. जाहिद हुसेनले लण्डन एयरपोर्टबाट खालिदा जियालाई सिधै अस्पताल लगिने बताए । चिकित्सक टोलीसँग प्रारम्भिक परामर्श पछि उनको उपचारको लागि आगामी चरणहरू तय गरिनेछ।

 

उनले भने, ‘लन्डन पुगेपछि उनलाई बीएनपीका कार्यवाहक अध्यक्ष र उनका छोरा तारिक रहमान, बुहारी जुबैदा रहमानले स्वागत गर्नेछन्। उनीहरूले उनलाई लन्डनको पुरानो र प्रतिष्ठित स्वास्थ्य सेवा सुविधा सम्पन्न अस्पतालमा लैजानेछन्, जहाँ उनलाई भर्ना गरिनेछ।’ जहाँ ण्त्यहाँका डाक्टरहरूले उनको अर्को चरणको उपचारका लागि परीक्षण गर्नेछन् र सिफारिसहरू दिनेछन्।

 

डा जाहिद हुसेनले पनि खालिदा जियाको यात्रामा मेडिकल बोर्डका छ जना डाक्टर र अन्य अधिकारीहरु साथमा आउने बताए ।


प्रकाशित : २०८१ पुष २३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप