लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अर्थसहित पाँच समितिको बैठक बस्दै, स्वास्थ्य मन्त्री पनि जाँदै

काठमाडौं, २९ पुस । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ ।

 

संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् ।

 

जसअनुसार आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुने जनाइएको छ।

 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुइ वटा अजेन्डामा छलफल हुनेछ । जसअनुसार पहिलो अजेन्डामा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा छलफल गरिनेछ भने दोस्रो अजेन्डामा परराष्ट्र मन्त्रालयको आर्थिक बर्ष २०८१÷८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमामा छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

 

उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयकका सबन्धमा सुचना तथा सञ्चार मन्त्रालयसँग सबन्धित बुदाँमा छलफल हुनेछ ।

 

अपरान्ह १२ः३० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगंगा विश्वबिधालय सबन्धी बिधेयकमा छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयसँग छलफल हुनेछ । जसका लागि स्वास्थ्य मन्त्री प्रदिप पौडेललगायतलाइ आमन्त्रित गरिएको समितिले जनाएको छ ।


प्रकाशित : २०८१ पुष २९, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप