लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

सरकारी बित्तिय संस्था प्रमुखलाइ प्रतिफल दिने ठाउँमा मात्रै लगानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, ८ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका छन ।

 

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिएका हुन । सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखा परेका समस्याहरुलाई समाधान गर्न सार्थक पहल लिनुपर्ने उनको जोड रहेको छ ।

अर्थमन्त्री पौडेलले समस्यालाई आ–आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशनसमेत दिएका छन । साथै खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड छ ।

सरकारी बैंक तथा वित्तीय र  गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीहरुले केही ठाउँमा कर्जा असुलीमा समस्या रहेको भन्दै पूँजीको वृद्धि र लागनी विस्तारका लागि केन्द्रित हुने बताएका थिए ।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष, ग्रामीण विकास लघु वित्त वित्तीय संस्था, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका अध्यक्ष तथा  प्रमुखहरुको सहभागिता रहेको थियो ।


प्रकाशित : २०८१ माघ ८, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप