लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कृष्ण ध्वज स्मृति टेबुल टेनिस १५ माघदेखि

काठमाडौं। नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता माघ १५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।

आयोजक रेड टायल्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १५ गतेदेखि १८ सम्म सन्चालन हुने जानकारी दिइएको हो।

प्रतियोगितामा देशभरका विद्यालय, कलेज तथा क्लबहरुबाट ३ सय ५० खेलाडीर सहभागी हुने रेड टायल्सका अध्यक्ष सुरज केसीले जानकारी दिए।

प्रतियोगितामा विद्यालय तर्फ यु–१० ब्वाइज सिंगल्स, यु–१० गल्र्स सिंगल्स, यु–१२ व्वाइज सिंगल्स, यु–१२ गल्र्स सिंगल्स, यु–१४ ब्वाइज सिंगल्स, यु–१४ गल्र्स सिंगल्स, यु–१६ ब्वाइज र यु–१६ गल्र्स सिंगल्स गरेर ८ स्पर्धा हुने उहाले बताए।

त्यस्तै मेन्स् भेट्रान्स ४० वर्ष माथि सिंगल्स स्पर्धा पनि समावेश गरिएको आयोजकले जनाएको छ।


प्रकाशित : २०८१ माघ १२, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप