लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पाथीभरा केबुलकार विवादमा सरकार र आन्दोलकारीबीच वार्ता जारी

ताप्लेजुङमा केबुलकार निर्माणलाई लिएर उत्पन्न विवादपछि गठित सरकारी वार्ता टोली र आन्दोलनरत ‘नो केबुलकार’ पक्षबीच वार्ता सुरु भएको छ । आन्दोलनमै रहेका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले होटल हिमालय कुपन्डोलमा दुवै पक्ष वार्तामा रहेको बताए ।

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव राकेश गुरुङ र शहरी विकास मन्त्रालयका उपसचिव झपटसिंह विश्वकर्मा छन् ।

प्राज्ञ अमर तुम्याहाङले नेतृत्व गरेको ‘नो केबुलकार’ पक्षबाट वार्ता टोलीमा अधिवक्ता शङ्कर लिम्बू, राम मादेन, सरस्वता सिंगक रहेका छन् ।

यसअघि ‘नो केबुलकार’ले कर्मचारीको नेतृत्वमा गठित वार्ता समितिले समस्यालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसक्ने भन्दै अस्वीकार गरेको थियो । अन्ततः सोही समितिलाई स्वीकार्दै आन्दोलनरत पक्ष वार्ता गर्न तयार भएको हो ।


प्रकाशित : २०८१ माघ २१, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप