लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रौतहटका न्यायाधीश केसी बिरूद्द गौरमा स्थानियको प्रदर्शन

सञ्जय मिश्रा
रौतहट २१ माघ।  जिल्ला अदालत रौतहटका एकजना न्यायाधीशले न्याय नगरेको भन्दै बिरोध प्रदर्शन गरिएको छ।

कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई सफाई दिएको भन्दै स्थानीय पीडितहरुले जिल्ला अदालत रौतहटको अगाडी सोमवार प्रदर्शन गरेका हुन्।

स्थानिय यमुनामाई गाउँपालिका–४ बाट दर्जनौँको संख्यामा सोमवार गएका महिला पुरुषको समूहले अदालतको अगाडी जिल्ला न्यायधिस मनोज केसीबिरुद्द प्रदर्शन गरेका छन्।

यमुनामाई गाउँपालिका–४ सरुअठा गाउँका अनुठा गुप्ताको छोरा वर्ष ५२ का राम विनोद गुप्तालाई २०७६ असार ४ गते राती १० बजे गाउँकै एक समूहले मरासन्न हुनेगरी कुटपिट गरेको थियो। टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज बीरगंजमा ६ दिन पछि असार १० गते मृत्यु भएको थियो ।

पीडितको किराना पसलमा उधारो सामान नदिएको रिसमा स्थानिय विन्देश्वरी सिंह, राम किशोर सिंह, रोहित कुमार सिंह भन्ने राजा सिंह, रोशन सिंह, अरविन्द्र कुमार सिंह, बडाबाबु सिंह , रामविनोद सिंह र निखिल कुमार सिंह मिलेर बिनोद लाई कुटपिट गरी सबै जना फरार भएको मृतकका बाबु अनुठा गुप्ताले बताएका छन्।

 

मृतकको भाई राजन गुप्ता र उनको श्रीमतिले दिएको जाहेरीको आधारमा  नाबालक निखिल सिंह र विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंह माथी तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो।

 

अभियुक्त ७ जना मध्ये  रामकिशोर सिंह र रामविनोद सिंहलाई केही १ बर्ष अघि प्रहरीले पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेस गरेको थियो। तर, उनीहरू दुवैजनालाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो।

 

धरौटीमा छुटेका अभियुक्त दुवैजना रामकिशोर सिंह र रामाबिनोद सिंहलाई आईतवार जिल्ला अदालतमा रौतहटमा पेस गर्दा जिल्ला न्यायधिस मनोज केसीको ईजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाईको फैसला सुनाएको थियो।

 

पिडित पक्षको जाहेरीवाला राजन गुप्ता र उनको श्रीमती अनिता देवी आफनो समर्थकसहित सोमवार रौतहट जिल्ला अदालत अगाडी न्याय नभएको विरोधमा नारा जुलुस प्रर्दशन गरेका हुन ।   पिडित पक्षले आफनो भाईको हत्या गरेको व्यक्तिलाई सफाई दिएकोमा आफु मर्माहित भएको दुःखेसो पोखेका छन्।

घटनाका अन्य ४ जना आरोपी भन्ने हालसम्म फरार रहेको छन्।एकजना नाबालक १३ बर्षीय निखिल कुमार सिंहलाई तत्काल सुधार गृह बिरगंज र पछि अदालतको आदेशमा अभिभावकको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


प्रकाशित : २०८१ माघ २१, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप