लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन

काठमाडौं, ९ फागुन । नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ३९ वटा संशोधन दर्ता भएका छन् ।

गृह मन्त्रालयले माघ १५ मा प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो । फागुन ५ मा विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टाको संशोधन राख्ने समयमा सांसदहरूबाट ३९ संशोधन प्रस्ताव दर्ता भएको हो ।

गृहमन्त्री रमेश लेखकका अनुसार संविधानले परिकल्पना गरेबमोजिम प्रहरी संगठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्म अनुकूल हुनेगरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाई मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्न विधेयक संसदमा पेस गरिएको हो ।

प्रहरीसम्बन्धी ऐन नहुँदा प्रदेश प्रहरी गठन हुन सकेको छैन । सातवटै प्रदेशले प्रहरी ऐन चाँडो पारित गर्न संघीय सरकारलाई दबाब दिँदै आएका थिए ।


प्रकाशित : २०८१ फाल्गुन ९, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप