लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सशस्त्र प्रहरीको ‘ बाहिनी पत्ती’ कपमा सुर्खेत पहिलो

हेमन्त केसी
सुर्खेत । सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको आयोजनामा ‘ बाहिनी पत्ती’ कप २०८१ को अवसरमा  खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । बीरेन्द्रनगर स्थित मुख्यालयमा भएको खेलकुद प्रतियोगितामा कर्णालीका प्रदेशमा बिभिन्न जिल्लाहरुमा रहेका गणहरुबाट ६ वटा टिम सहभागी भएका थिए ।

चार दिन सम्म संचालित तेस्रो वाहिनीपति कप– २०८१ आज समापन भएको छ । कुल १६ बिधामा आयोजना गरिएको खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश अन्तर्गतका सशस्त्र प्रहरी बल नेपालका गण तथा गुल्म हेडक्वाटरबाट  १३५ जना सशस्त्र प्रहरी कर्मचारीले भाग लिएको इङसिपेक्टर जीवन मल्लले जानकारी दिए ।

उक्त प्रतियोगितामा भलिबल, फुटबल, कबड्डी, टेबलटेनिस, दौड लगाएतका खेलहरु सन्चालन गरियको थियो। जसमा न. ३२ गण हेडक्वाटर सुर्खेतले १५ स्वर्ण पदक सहित २६ पदक हासिल गरि शिल्ड सहित पहिलो अंक ल्याउन सफल भएको छ । महेश्वरी बाहिनी मुख्यालयका निमित्त बाहिनीपती सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक प्रकाश थापाले विजयी भएका सबैलाई बधाई दिदै खेलकुदले देश भक्तिको भावना उजागर गर्ने बताए ।


प्रकाशित : २०८१ फाल्गुन १७, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप