लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कांग्रेसले शुरु गर्यो मिसन रोजगार अभियान

काठमाडौँ । नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ । विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आइतबार औपचारिक रूपमा हामी सक्छौँ भन्ने मूलनारा सहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको घोषणा गरे । मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए ।  उनले भने- ‘युवाहरू स्वदेशमा रोजगार नपाएर विदेशिइरहेका छन् । मुलुकभित्र रोजगारी सृजना गर्न नीतिगत तहदेखि व्यवहारिक रूपमा पहल गर्छौं ।’

श्रम बजारमा जाने ठुलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ । विज्ञहरूलाई समेत बोलाएर छलफल गर्दै अरू दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए । युवाहरू विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सृजना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । महामन्त्री थापाले भने- ‘श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ । कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षा अनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं ।’

कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेण्डा बनेको बताए । उनले भने- ‘विगतमा पनि काम भइरहेको थियो । अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउँछौँ ।’

कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ । अभियान अन्तर्गत रोजगारी सृजनाका लागि नीतिगत तहमा छलफल, बजारको माग अध्ययन अनुसन्धान, रोजगारीका क्षेत्र, राज्य तथा निजी क्षेत्रले खेल्नुपर्ने भूमिका, राजनीतिक दलहरूसँग समन्वय गरेर सामूहिक एजेण्डा बनाउने लगायतका काम गर्ने कांग्रेसले जनाएको छ ।


प्रकाशित : २०८१ फाल्गुन २५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप