लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बुद्धिजीवी परिषद् रौतहटको अध्यक्षमा पुनः अनिल झा

रौतहट – नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् रौतहटको अध्यक्षमा पुनः अनिलकुमार झा चयन भएका छन्।

परिषदको छैठौं जिल्ला अधिवेशनले दोस्रो कार्यकालको लागि झालाई अध्यक्षमा चयन गरेको हो। अधिवेशनबाट झाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना,सचिवमा महम्मद अतिउल्लाह, उपसचिवमा रामप्रसाद उपाध्याय र चन्द्र भानु पटेल चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा गोपिनी पौडेल, बाबुराम साह, अर्जुन तिमिल्सिना, मनोज कुमार मिश्र (चन्द्रपुर), मोहन बैठा, भूपनारायण प्रसाद, सञ्जीवकुमार झा, दीपक राउत, रामसागर साह, चन्द्रिका दास, देवीलाल प्रसाद साह, विकास जयसवाल, मनोज मिश्र ( पुरेनवा) र खुस्बु साह सर्वसम्मत चयन भएको परिषदका मधेस प्रदेश इन्चार्ज अर्जुन सिंहले बताए।

अधिवेशन नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज डा. अर्जुन सिंहको प्रमुख आतिथ्य तथा नेकपा एमाले केन्द्रीय सदस्य उद्धव रेग्मी, धनुषा अध्यक्ष एवम् मधेस प्रदेश नीति आयोगका सदस्य  रामचन्द्र यादव, नेकपा एमाले  जिल्ला अध्यक्ष  सचिदानन्द साह,  केन्द्रीय सदस्य श्याम गोहित, नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य मनिशंकर निधि, सचिव बाबुराम दाहाल, नेकपा एमाले लेखा समितिका जिल्ला अध्यक्ष पवन पटेल, जिल्ला कमिटी उपसचिव अवधेश यादव, चन्द्रपुर नगर कमिटी संयोजक शिव आचार्य, शिक्षक संगठनका अध्यक्ष अनिल निधि, अनेरास्ववियु रौतहटका संयोजक कारण देवकोटा समेतको आतिथ्यतामा सम्पन्न भएको थियो।


प्रकाशित : २०८१ फाल्गुन २५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप