लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बागीको उम्मेदवारी दर्तापछि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेविसंघले तालाबन्दी गरेको हो ।

आधिकारिकरूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टिम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि बागी उम्मेदवार मनोनयन दर्ता गरिएको नेविसंघले आरोप लगाएको छ ।

समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले फर्म बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको त्रिवि समितिका सभापति विष्णु बडैलाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेविसंघले विद्यार्थीहरूको प्रतिनिधि चुन्ने एक मात्र संस्था स्ववियु निर्वाचनको ग्यारेण्टी गर्न पनि अनुरोध गरेको छ । आचारसंहिता विपरितका क्रियाकलापहरुलाई बढावा दिँदै समिती अगाडि बढेमा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिती थप आक्रामक गतिविधि बढाउन बाध्य हुने र उत्पन्न भएको असहज परिस्थिती र क्षतिको जिम्मा स्वयम् निर्वाचन समितिले लिनुपर्ने चेतावनी पनि सो संगठनले दिएको छ ।


प्रकाशित : २०८१ फाल्गुन २८, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप