लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नौं जना उम्मेदवार कायम, नेविसंघमा दुई बागी

काठमाडौं । काठमाडौँको त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा सभापतिमा नौं जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

विहिबार नाम फिर्ता लिने समय सकिएपछि निर्वाचन समितिले अन्तिम नामवली सार्वजनिक गरेको हो ।

सभापतिका लागि सागर न्यौपाने (स्वतन्त्र), अखिल क्रान्तिकारीकी मुना पौडेल, नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानिया, श्रीधर श्रेष्ठ (स्वतन्त्र), नेपाल क्रान्तिकारी विद्यार्थी संघकी जेनिशा तिमिल्सेना, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका अश्विन नेपाल, अनेरास्ववियुका प्रमित विष्ट, नेपाल विद्यार्थी संघका गोविन्द कोइराला र अखिल (क्रान्तिकारी) का प्रदिप भट्ट रहेका छन् ।

त्रिचन्द्रमा नेविसंघका आधिकारीक उम्मेदवार गोविन्द कोइराला कायम भएका छन् भने सागर न्यौपाने र श्रीधर श्रेष्ठ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

साथै सचिवमा ७ जना, कोषाध्यक्षमा ६ जना, प्रत्यक्षतर्फको सदस्यको लागि २९ जना र समानुपातिकतर्फको सदस्यको लागि २४ जनाको नाम समितिले सार्वजनिक गरेको छ ।


प्रकाशित : २०८१ फाल्गुन २९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप