लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मधेस प्रदेश सभाको अधिवेसन अन्त्य 

जनकपुर, ३१ चैत । मधेस प्रदेशसभाको चौथो अधिवेशन आज राती १२ बजेदेखि लागु हुने गरी अन्त्य हुने भएको छ ।

 

शनिबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिस अनुसार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चालु अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

 

प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत सुरेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषदबाट चौथो अधिवेशन अन्त्य गर्ने सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आइतवार राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको जनाएका हुन् ।

 

पुस २३ गतेदेखि चैत २८ गतेसम्म चलेको  चौथो अधिवेशनमा २३ वटा बैठक बसेको थियो भने यस अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।


प्रकाशित : २०८१ चैत्र ३१, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप