लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पेरूको पुर्व प्रथम महिला ब्राजिल भागिन्, श्रीमान पुर्व राष्ट्रपति भने जेलमा

काठमाडौं, ५ बैशाख । पेरुकी पूर्व प्रथम महिला नादिन हेरेडिया ब्राजिलमा भागेकी छिन् ।

 

पेरूको अदालतले उनी र उनका श्रीमान् पूर्व राष्ट्रपति ओलान्ता हुमालालाई मनी लान्ड्रिङको आरोपमा १५ वर्षको जेल सजाय सुनाए पछि उनी देश छाडेर भागेकी हुन् । र, ब्राजिलले उनलाई कूटनीतिक शरण दिएको छ।

 

‘उहाँ बुधवार आफ्नो छोरासँग राजधानी ब्रासिलिया पुग्नु भएको छ,’ उनका वकिल जुलियो एस्पिनोजाले सीएनएनलाई बताए।

 

पेरुको विदेश मन्त्रालयका अनुसार उनले मंगलबार बिहान लिमास्थित ब्राजिलियन दूतावासमा शरणको लागि अनुरोध गरेकी थिइन् । जवाफमा ब्राजिलले पनि उनलाई र उनको छोरालाई शरण दिएको हो । र, पेरुभियन सरकारले उनीहरूको सुरक्षित यात्राको ग्यारेन्टी प्रदान गरेको थियो ।

 

हेरेडियाका वकिलले भने कि उनले एक अनिर्दिष्ट पारिवारिक कारणले शरणको लागि आवेदन दिएकी थिइन्।

 

‘फैमिली र व्यक्तिगत निर्णय सजाय सुनाउनु भन्दा करिब दुई देखि तीन घण्टा अघि यो सबै भयो,’ उनले भने । तर, उनले उनको शरणका लागि अनुरोध गरेको बारेमा मिडिया मार्फत मात्र थाहा पाएको बताए ।

 

सन् २००६ र २०११ मा हुमालाको चुनावी अभियानमा गैरकानुनी योगदान गरेको अभियोगमा उनी र उनको श्रीमान्लाई सजाय सुनाइएको एक दिनपछि उनको ब्राजिल भागेकी हुन् ।

 

अभियोजकहरूले हुमालाको राष्ट्रवादी पार्टीले भेनेजुएला सरकार र ब्राजिलको निर्माण कम्पनी ओडेब्रेचबाट उनको अभियानमा आर्थिक सहयोग मागेको आरोप लगाएका थिए। तर, हुमाला र उनकी श्रीमतीले कुनै पनि गल्ती अस्वीकार गर्दै आएका छन् ।

 

मुद्दाको सुनुवाइ सुरु भएको तीन वर्षपछि भने मंगलबार न्यायाधीशले फैसला पढ्दा हुमाला उपस्थित थिए, हेरेडिया भने उपस्थित भइनन्। फैसला सुनाए लगत्तै न्यायपालिकाले हुमालालाई तुरुन्तै सजाय सुनाउन र जेल पठाउन आदेश दिएको थियो ।


प्रकाशित : २०८२ बैशाख ५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप