लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन्।

 

यस अघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ। राष्ट्रपतिको कार्यालयको पत्र अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।

 

यसअघि नेकपा एमालेकै विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्त शिक्षा मन्त्री नियुक्त भएका हुन्। उनको शपथग्रहण भोलि बिहीबार हुदैँछ । उनी परराष्ट्र मन्त्री आरजु राणा पछि आठौं बरियताक्रममा समावेश भएका छन् ।

 

यस्तै, प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्। राष्ट्रपति कार्यालयको पत्रमा उनको नाम उल्लेख छैन् ।


प्रकाशित : २०८२ बैशाख १०, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप