लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पाकिस्तानका एफएममा भारतीय गीत बजाउन प्रतिबन्ध

इस्लामबाद, १९ बैशाख । पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको छ । उनको सामाजिक सञ्जाल अकाउन्ट पनि ब्लक गरिएको छ । यससँगै भारतमा १६ पाकिस्तानी युट्युब च्यानललाई पनि प्रतिबन्ध लगाइएको छ ।

 

यो कदमबाट आक्रोशित बनेर अब पाकिस्तानले पनि भारतीय गीतमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानले बिहीबार मे १ बाट आफ्ना एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतहरू प्रसारण बन्द गर्ने घोषणा गरेको छ ।

 

यो जानकारी पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) का महासचिव शकील मसूदले दिए। उनले भने, ‘पीबीएले तत्काल प्रभावबाट देशभरका पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतको प्रसारण बन्द गरेको छ ।’

पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) को निर्णयको प्रशंसा गरेका छन्। पीबीएलाई लेखेको पत्रमा उनले भने, ‘पीबीएको यो देशभक्तिपूर्ण कदम अत्यन्तै प्रशंसनीय छ र यसले सम्पूर्ण देशको सामूहिक भावना झल्काउँछ।’

 

उनले पाकिस्तानका एफएम स्टेसनमा भारतीय गीत प्रतिबन्ध लगाउनु भनेको यस्तो कठिन समयमा राष्ट्रिय एकता सुदृढ गर्न र पाकिस्तानको मूल्य मान्यता जोगाउन हामी सबै एकजुट भएर उभिने सङ्केत भएको बताए ।


प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप