काठमाडौं, १३ बैशाख । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ४४ वर्षीय महेश्वर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत भक्तपुरको २०८१ मंसिर २६ गतेको फैसलाले ५ दिन कैद, ६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा क्षतिपूर्ति बापत २४ हजार रूपैयाँ ठहर भई फरार रहेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–३ भेलुखेलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।
प्रकाशित : २०८२ जेष्ठ १३, मंगलवार : प्रकाशित


समाचार


