लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

२९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोगमा दोषी ठहर

पेरिस, १५ जेठ । फ्रान्सको ब्रिटनी क्षेत्रको फौजदारी अदालतले बुधबार एक पूर्व डाक्टरलाई २ सय ९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

 

यस आरोपित डाक्टरलाई २० वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको इतिहासमा बालबालिकाको यौन शोषणको यो सबैभन्दा ठूलो घटना हो । यस मुद्दाको सुनुवाई फेब्रुअरी २०२५ देखि चलिरहेको थियो।

 

आरोपित ७४ वर्षीय डा जोएल ले स्कर्नेक यसअघि ग्यास्ट्रिक सर्जन थिए। उनले सन् १९८९ देखि २०१४ सम्म फ्रान्सका नौवटा क्लिनिक र अस्पतालमा काम गर्दा सयौं बालबालिकालाई यौन दुव्र्यवहार र बलात्कार गरेका थिए।यो खबर बाहिर आएपछि २ जना पीडितले तनावका कारण आत्महत्या गरेका थिए।

 

जब यी घटनाहरू भए, धेरै पीडितहरू बेहोश वा औषधिको प्रभावमा, शल्यक्रियाबाट निको भएका थिए। त्यही भएर उनलाई केही याद भएन । आरोपितले पहिलो पटक सन् १९८५ मा आफ्नी ५ वर्षीया भान्जीलाई यौन दुर्व्यवहार गरेका थिए ।

 

आरोपित डाक्टर आफ्ना दुई भतिजीसहित चार बालबालिकालाई बलात्कार गरेको अभियोगमा १५ वर्षको जेल सजाय काटिरहेका छन् । उनलाई सन् २०२० मा यही मुद्दामा सजाय सुनाइएको थियो ।

 

सन् २०१७ मा प्रहरीले लेस स्कर्नेकको घरमा खानतलासी गर्दा छिमेकमा बस्ने ६ वर्षीया बालिकाको अगाडि अश्लिल गतिविधि गरेको भन्दै यो सम्पूर्ण कुरा बाहिर आएको थियो । बालिकाका अभिभावकले यस विषयमा उजुरी दिएका थिए ।

 

प्रहरीले उनको घरमा यौन खेलौना र पुतली, कम्प्यूटर र दुई दर्जनभन्दा बढी हार्ड ड्राइभले भरिएका बालबालिकाको यौन शोषणको तस्बिरसहितको बाकस फेला पारेको थियो।

 

यससँगै उनको सयौं पृष्ठको डायरी पनि फेला परेको छ । यसमा उनले बालबालिकाको यौन शोषणको विवरण लेखेका थिए । दुई स्प्रेडसिटहरूमा पीडितहरूको नाम, उमेर, ठेगाना र उनीहरूको दुर्व्यवहारको हदको बारेमा जानकारी समावेश थियो।

 


प्रकाशित : २०८२ जेष्ठ १५, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप