लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

११ महिनामा साढे ६० अर्बभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालले ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार ४०० रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ ।

उद्योग विभागका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ जेठ मसान्तसम्मको अवधिमा उक्त प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको हो ।

गत जेठ महिनामा मात्र १४१ वटा उद्योगमा तीन अर्ब ५४ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागको तथ्यांकले देखाउँछ । जेठ महिनामा एउटा मध्यम र १४० वटा साना उद्योगमा उक्त वैदेशिक लगानी स्वीकृत भएको हो ।

उद्योग विभागको तथ्यांक अनुसार ११ महिनामा सेवामुलक क्षेत्रमा ३० अर्ब ४४ करोड ७७ लाख ३० हजार रुपैयाँ, पर्यटनमा २३ अर्ब ९४ करोड ४२ लाख ६० हजार रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा तीन अर्ब १२ करोड २० लाख ५० हजार २०० रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको छ ।

सूचना प्रविधि क्षेत्रमा एक अर्ब ५७ करोड ३९ लाख ३ हजार २०० रुपैयाँ, कृषि क्षेत्रमा एक अर्ब ४४ करोड ६० लाख रुपैयाँ, उर्जा क्षेत्रमा २ करोड ५५ लाख रुपैयाँ र पूर्वाधार क्षेत्रमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा सूचना प्रविधि क्षेत्रका ३१३, पर्यटन क्षेत्रका २६६, सेवामुलक क्षेत्रका ७६, कृषि क्षेत्रका ११, पूर्वाधार क्षेत्रका दुई र उर्जा क्षेत्रका एउटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको छ ।

विभागको तथ्यांकअनुसार हालसम्म पाँच खर्ब ९० अर्ब ३५ करोड १९ लाख ४० हजार ७०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । सात हजार ११६ वटा उद्योगमा उक्त लगानी स्वीकृत गरिएको हो ।


प्रकाशित : २०८२ असार ११, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप