लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कर्णाली प्रदेश सरकारले चार महत्वपूर्ण निर्णय गर्‍यो

सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट चार महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त रहेकाले सो पदमा कार्यवाहक सचिव नियुक्त गर्ने निर्णय गरिएको छ । यद्यपि, कसलाई तोकिएको भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

त्यस्तै, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रूपमा एक जनालाई कामकाजका लागि खटाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । यस निर्णयमा पनि व्यक्तिको नाम उल्लेख गरिएको छैन ।

प्रदेश सरकारको वार्षिक कार्यक्रमअन्तर्गत दुई शीर्षकबाट स्थानीय तहलाई रकम निकासा दिन अख्तियारी पठाउने निर्णयसमेत बैठकले गरेको छ ।  यसैबीच, कर्णाली प्रदेशको आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धी व्यवस्था गर्न बनेको ‘विधेयक, २०८२’ लाई प्रशासन तथा विधेयक समितिबाट आवश्यक परिमार्जनसहित प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।


प्रकाशित : २०८२ असार १२, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप