लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

 

लन्डन, ३ असार । बेलायत सरकारले १६ र १७ वर्षका युवालाई मतदानको अधिकार दिने घोषणा गरेको छ ।

 

यो निर्णयलाई बेलायतको लोकतन्त्रको इतिहासमा एउटा महत्वपूर्ण टर्निङ प्वाइन्ट मानिएको छ । यो परिवर्तनसँगै बेलायतका करिब १६ लाख किशोर किशोरीहरूलाई मतदाताको रूपमा समावेश गरिनेछ।

 

६ करोड ८० लाख जनसङ्ख्या भएको मुलुकमा यो अहिलेसम्मकै ठूलो मतदान विस्तार भएको बताइएको छ । यसअघि ५० वर्षअघि मतदानको उमेर २१ बाट १८ वर्षमा झारेको थियो । बेलायतमा यसअघि नै स्थानीय संसद र स्कटल्याण्ड र वेल्सको निर्वाचनमा १६ वर्षको उमेरमा मतदान गर्ने व्यवस्था थियो तर अब यो सम्पूर्ण बेलायतमा लागू हुनेछ ।

 

यस अवसरमा, यो जान्न रोचक हुनेछ कि विश्वका अन्य देशहरूमा मतदानका लागि न्यूनतम उमेर कति हो। १६ वा १७ वर्षका युवालाई यो अधिकार कति देशले दिएका छन् ?

 

१६ वर्षमा मतदानको अधिकार दिने देशहरूः

युवाहरूलाई समयमै मतदान गर्ने अधिकार दिने बेलायत मात्र होइन। यसअघि अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना, माल्टा, क्युवा, इक्वेडर, निकारागुआ र बेलायतको आफ्नै इलाका आइल अफ म्यान, ग्वेर्नसे, जर्सी र फकल्याण्ड टापुमा १६ वर्षको उमेरदेखि मतदान गर्न दिइने छ। यी देशहरूमा कतिपय ठाउँहरूमा यो अधिकार ऐच्छिक छ अर्थात् तपाईं चाहनुहुन्छ भने मतदान गर्नुहोस्, अन्यथा होइन् जबकी केही देशहरूमा यो अनिवार्य पनि छ। उदाहरणका लागि ब्राजिलमा १८ देखि ७० वर्ष उमेर समूहका मानिसहरूका लागि मतदान अनिवार्य छ तर १६ र १७ वर्षका लागि यो ऐच्छिक छ।

 


प्रकाशित : २०८२ श्रावण ३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप