लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सुशीला कार्कीले स्वीकार गरिन् जेनजीको प्रस्ताव

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ सरकारको नेतृत्व लिन जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन्। जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य राष्ट्रविमोचन तिमल्सिना (र्‍यान्डम नेपाली) ले उक्त जानकारी दिएका हुन्।

जेनजी समूहले बुधबार गरेको भर्जुअल छलफलमा सहभागीमध्ये अधिकांशले पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली सेनाले जेनजीका प्रतिनिधिलाई वार्तामा बोलाइरहँदा उनीहरूबीच विभिन्न नेताहरूका विकल्पबारे छलफल जारी छ।

भर्चुअल बैठकमा समूहका प्रतिनिधिहरूले सर्वसम्मत मानिने व्यक्ति खोज्दा कार्की सही पात्र हुन सक्ने निष्कर्ष निकालिएको तिमल्सिनाको भनाइ छ।

विकल्पका रूपमा सागर ढकाललाई राखिएको छ। ढकालले अरू कोही अगाडि नबढेमा आफू तयार रहेको बताएका छन्।


प्रकाशित : २०८२ भाद्र २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप