लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो । यस्तै, बैठकले यस वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने निर्णय गरेको छ ।

‘ए’ डिभिजन लिग पछिल्लो पटक २०७९ सालमा भएको थियो । एन्फा र क्लब बसेको बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।

यसैगरी राष्ट्रिय लिगमा गत संस्करणको ‘ए’ डिभिजन लिगमा शीर्ष ६ मा रहेका टोली र मकवानपुरमा बुधबारदेखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरी १० टोलीले राष्ट्रिय लिगमा सहभागी हुनेछ्न ।

‘ए’ डिभिजनका चर्च व्वाईज युनाईटेड क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस टिम, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी छन् ।

राष्ट्रिय लिगमा सहभागी टोलीले आगामी मङ्सिर ५ गते टोटी तथा ९ गते खेलाडी दर्ता गर्नुपर्नेछ । यसैगरी लिगको खेल तालिका भने मङ्सिर १९ मा सार्वजनिक हुने एन्फाले जनाएको छ ।


प्रकाशित : २०८२ कार्तिक १७, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप