काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक एकजना पक्राउ परेका छन् ।
काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ –००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस नागढुंगामा चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी इटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
चेकजाँचका क्रममा ज्याकेटको खल्तीभित्र कालो पलास्टिकमा लुकाएर राखेको ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीको भनाई छ ।
प्रकाशित : २०८२ माघ ११, आईतवार : प्रकाशित


समाचार


